Saturday 11th April 2026

सांसद रेशम चौधरीको रिहाइको माग गर्दै आमरण अनसनमा


कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनाको रिहाइको माग गर्दै थरुहटका नेताले आमरण अनसन शुरु गरेका छन् । २०७२ सालमा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न र सांसद चौधरीसहित ११ जनालाई रिहाइ को माग गर्दै कैलालीमा थरुहटका नेताले आमरण अनसन शुरु गरेका हुन् ।

हिजोबाट कैलालीको क्याम्पस रोडमा आमरण अनसन बस्दै थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु र खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले सांसद चौधरी लगाएत ११ जनाको रिहाइ र पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायतका माग समेत राखेका छन ।

उनले आफूहरु समानता र अधिकारका लागि बोल्न नडराउने बताए । थारुले भने, ‘अब हामी लाल सलाम र जय नेपाल भन्दै आफ्नो पहिचान र अस्तित्व बेच्न चाहदैनौँ ।’ ‘रेशम चौधरीलाई चुनाव लड्न दिने तर चुनाव जितिसकेपछि जेलमा हाल्ने ?,’ मोर्चाका संयोजक थारुले भने, ‘किन हामीमाथि झुठा मुद्दा लगाइन्छ ? यहि हो नेपालको संविधान ?’त्यसै गरी खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले मोर्चाले थालेको आन्दोलनप्रति एक्येबद्धता जनाए ।मोर्चाको आन्दोलन तथा अनसनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...