Thursday 15th January 2026

नेपाल ओमानसँग १८ रनले पराजित


तितोपाटी- क्रिकेट विश्वकप लिग २ खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।

१ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो ।लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ७ खेल खेलिसकेको छ । ओमान ५ जितका साथ ७ राष्ट्र सहभागिता प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
नेपालका शरद भेषवाकरले ५५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १ र पूर्व कप्तान पारस खड्कालाई ३ रनमा गुमाएको नेपालबाट दीपेन्द्रसिंह ऐरी ३६, आरिफ शेख ६ रनमा आउट भए ।


सम्बन्धित शीर्षकहरु

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

प्रतिकृयाहरू
...