Wednesday 4th March 2026

नेकपा प्रदेश ३ को संसदीय दलको निर्णय प्रदेश बाग्मती र राजधानी हेटौडा


तितोपाटी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि पार्टीको सचिवालय बैठकले पनि नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो। अब आइतबार बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारले नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको मुख्यमन्त्री डोरमणि पौडेलका निजी सचिव अनुप पौडेलले जानकारी दिए।प्रदेशसभा ३ मा कुल एकसय १० सदस्यमध्ये नेकपाका ८० प्रदेशसभा सदस्य छन्। ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ।
-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...