Sunday 16th November 2025

बलात्कार आरोपी सिद्धबाबालाइ अदालतले धराैटीमा छोडिदियो


तितोपाटी-आफ्नै अनुयायीलाइ जवर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबाको नामले चिनिने कृष्ण बहादुर गिरीलाइ धराैटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ। कृष्णदास पनि भनिने निज सिद्धबाबालाइ अदालतले ३ लाख धराैटीमा छोड्ने आदेश दिएको हो। सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश दिएकाे हाे।
जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। उपलब्ध प्रमाणका आधारमा प्रतिवादीले जबर्जस्ती करणी गरेको भनी पुर्पक्षका लागि उनलाई थुनामा राखी कारबाही गर्नु औचित्यपूर्ण नरहेको भन्दै अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो।
काठमाडौंबाट कृष्णदासको आश्रम चतराधाममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्। त्यसपछि मुटुमा समस्या देखिएकाे भन्दै अभियाेग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ हाेमकाे आइसियूमा रहेकै बेला गत मंसिर १६ मा प्रहरीले उनलाइ पक्राउ गरेकाे थियाे तर तर उनले आफूमाथि लागेको आरोप झूट भएको दाबी गर्दै आएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...