Saturday 7th February 2026

खोटाङको सुन्तलेमा “शुक्र स्मृति भलिबल” प्रतियोगिता सम्पन्न


तितोपाटी – खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेका खेलकुंदका नक्षत्र मानिएका स्व. शुक्र राना मगरको प्रथम स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको “प्रथम शुक्र स्मृति भलिबल” प्रतियोगिताको उपाधि आयोजक ए टिमले जितेको छ। खेलकुदमा अब्बल रहेका मगरको प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय पुरुष भलिबलको आयोजना गरिएको थियो भने पुरूष भलिवलको अलावा महिला भलिबल र लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरिएको थियो भने विजेता, उपविजेता र तेश्रो स्थान हांसिल गर्ने टिमहरूलाइ गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जारा र उपाध्यक्ष गोमा मगरले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।पुरुष १४ टिम र महिला ५ टिमको प्रतिस्पर्धा रहेको उक्त प्रतियोगितामा आसपासका जिल्लाहरूबाट समेत मानिसहरूको बाक्लो उपस्थिति रहेको कुरा खेलप्रेमी तथा सामाजिक अभियन्ता केदार आले मगरले तितोपाटी डट कम लाइ जानकारी दिएका छन्।

बुधबारदेखि सुरु भएको खेलमा त्रियुगा न.पा.१५ उदयपुरलाई पराजित गर्दै आयोजक ए टिम उपाधि जित्न सफल भएको हो। विजेता टिमले ३० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता उदयपुरले २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तैगरी बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए तृतीय भइ १० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पाएको छ।

महिला भलिबल तर्फ पनि आयोजक ए टिमले बराहपोखरी गाउँपालिका वडा नं. ३ साउनेचउरलाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ। विजेतालाइ १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेतालाइ १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै गरी बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए ले तृतीय स्थान हांसिल गर्दै ५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।

लोकदोहोरीमा भने बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए प्रथम, आयोजक ए द्धितीय र आयोजक सी नै तृतीय भएका छन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरेका छन्

वडा नं.२ सुन्तले निवासी गंगा बहादुर राना मगरको छोरा शुक्र राना मगरको गत वर्षको पुष २४ गते सामान्य ज्वरोको कारण कलिलो उमेरमै असामयिक निधन भएको थियो। मगर एक कुसल खेलाडी थिए। उनी खोटाङ् जिल्ला स्तरीय खेलाडीहरु मध्ये एक खेलाडी थिए। सानै उमेरदेखि भलिबलमा सक्रिय रहेका उनले जिल्लामा भएका जिल्ला स्तरीय खेलहरुमा सहभागी भइ धेरै खेलहरु जितेका थिए। जिल्लाका विभिन्न ठाउँहरुमा खेल खेलेका उनलाई जिल्लामा निकै चर्तित खेलाडीको रुपमा पनि चिनिन्थ्यो। शारीरिकरुपमा थोरै होचो भएपनि खेलमा भने उच्च प्रदर्शन गर्ने मगर केहि वर्ष अगाडी रोजगारीको सिलसिलामा विदेश समेत गएर आएका थिए ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...