Monday 27th October 2025

समाजवादी पार्टीको सरकारबाट बाहिरिने निर्णय


तितोपाटी-समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको समाजवादीका एक पदाधिकारीले बताए।

ती नेताका अनुसार पत्रकार सम्मेलनको आयोजना गरी सरकार छाडेको निर्णय सार्वजनिक गर्न लागिएको समेत जानकारी दिए। ‘सरकार छाडने निर्णय पदाधिकारी बैठकले गरेको छ, केही बेरमा आयोजना हुने पत्रकार सम्मेलनबाट औपचारिक घोषणा गरिनेछ,’ उनले भने ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन्। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानून मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो। उपप्रधानमन्त्री यादवले यादवले हिजोको मन्त्रीपरिषद्‍मा संविधान संशाेधनको ठाडो प्रस्ताव लगेका थिए, जो प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरी एकलौटी रुपमा ल्याएको भन्दै अस्विकार गरेका थिए।

सो अस्विकार गरेलगत्तै बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पदाधिकारी बैठकलगत्तै यादवले मन्त्रिपरिषद्‍मा लगेको प्रस्ताव सार्वजनिक पनि गरिदिएका छन्।


सम्बन्धित शीर्षकहरु

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

प्रतिकृयाहरू
...