Tuesday 31st March 2026

समाजवादी पार्टीको सरकारबाट बाहिरिने निर्णय


तितोपाटी-समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको समाजवादीका एक पदाधिकारीले बताए।

ती नेताका अनुसार पत्रकार सम्मेलनको आयोजना गरी सरकार छाडेको निर्णय सार्वजनिक गर्न लागिएको समेत जानकारी दिए। ‘सरकार छाडने निर्णय पदाधिकारी बैठकले गरेको छ, केही बेरमा आयोजना हुने पत्रकार सम्मेलनबाट औपचारिक घोषणा गरिनेछ,’ उनले भने ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन्। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानून मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो। उपप्रधानमन्त्री यादवले यादवले हिजोको मन्त्रीपरिषद्‍मा संविधान संशाेधनको ठाडो प्रस्ताव लगेका थिए, जो प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरी एकलौटी रुपमा ल्याएको भन्दै अस्विकार गरेका थिए।

सो अस्विकार गरेलगत्तै बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पदाधिकारी बैठकलगत्तै यादवले मन्त्रिपरिषद्‍मा लगेको प्रस्ताव सार्वजनिक पनि गरिदिएका छन्।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...