Thursday 9th October 2025

बिदेशको रोजगारी त्यागेर, भरतपुरमा सैलुन चलाउँदै युवा


तितोपाटी- कपाल काट्ने काम’ गर्ने भन्नासाथ कतिपयलाई ठाकुर समुदाय वा मधेसी तथा विहारका नागरिकहरुको याद आउँछ । नेपालमा अधिकांश नाईहरु त्यही समुदायकै रहेका छन् । तर, आजभोलि यस पेसामा अन्य समुदायका युवाहरुको प्रवेश पनि बढ्दै छ । कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने उदाहरण दिएका छन्,भरतपुरमा सैलुन खोलेका सुनसरीका २५ वर्षका युवा कोशिसराज क्षेत्रीले ।

क्षेत्रीले भरतपुरको सिनर्जी रोड स्थित परिजात चोकमा कोशिस मेन्स सैलुन तथा एकेडेमी सञ्चालनमा ल्याएका छन् । १२ लाख लगानीमा उनले यो सैलुन सञ्चालनमा ल्याएका हुन् । बालकुमारी उच्च माविबाट व्यवस्थापन विषयमा १२ कक्षा उतीर्ण गरेपछि उनी कतार हानिए । कतारमा उनले २७ महिना काम गर्दा मासिक ४० हजार नेपाली रुपैयाँको दरले आम्दानी गरे । तर, उनलाई कतारको कमाइ र हाइफाइ भन्दा मातृभूमि नेपाल नै प्यारो लाग्यो । भरतपुरमा रहेका आफन्तहरुको सहयोगमा उनको जीवन यात्रा सुनसरीबाट चितवनसम्म मोडियो । विस्तारै उनलाई चितवनको वातावरणले आकर्षित गर्न थाल्यो ।

कोशिसको ठूली आमाको छोरा दिपक कोइरालाले उनलाई कपाल काट्ने सिप सिक्न सल्लाह दिए । जुन सिपकै कारणले उनी फेरि पैसा कमाउन कतार हानिनु परेन । क्षेत्रीले भने, ‘मनमा सैलुन सञ्चालन गर्ने सोच त आयो । तर पैसा थिएन । दाई दिपक कोइरालाले नै १२ लाख रुपैयाँ सहयोग गरेपछि मेरो सैलुन खोल्ने सपना पूरा भयो ।’

एकेडमीको रुपमा कपाल काट्ने प्रशिक्षण सुरु नभए पनि उनले अहिले दैनिक चारदेखि ६ हजार रुपैयाँसम्म कपाल काटेर नै कमाउन थालेका छन् । उनले २ ३ जनालाई रोजगार समेत दिएक छन् । उनको बुबा र आमा भने सुनसरीमा नै छन् । नारायणगढको लायन्सचोकमा कोइराला भेजिटेबल सप्लायर्समा सहयोगीको रुपमा काम सुरु गरेका कोशिस अहिले आफ्नो सैलुन र एकेडेमीका मालिक बनेका छन् । उनको सैलुनमा कपाल काट्ने आउनेहरु त्यहाँ प्राप्त सेवा सुविधाबाट दंग छन् । नारायणीअनलाईन


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...