Tuesday 7th April 2026

तराई भू-भागमा शितलहर, जनजीवन कष्टकर


तितोपाटी – पुस महिनाको सुरुवातसँगै तराइका जिल्लाहरूमा शितलहर शुरु भएको छ भने शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन्। पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा हुस्सु, कुहिरो र शितलहर शुरु भएको हो। तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाक्लो हुस्सु र शितलहरले अत्यधिक चिसो बढेपछि तराईवासीको जनजीवन कष्टकर बन्दै गएको छ। अस्पतालहरुमा जाडोजन्य रोगका बिरामीको संख्या बढ्दै गएको छ। बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन्। सर्वसाधारणको आवतजावत पातलिएको छ। बजारहरु बिहान र बेलुका सुनसान हुन थालेका छन्। सर्वसाधरण चोक, बाटोमा आगो बालेर ताप्न थालेका छन् भने विद्यालयहरूमा पनि बालबालिकाहरूको उपस्थिति कमी हुँदै गइरहेको छ ।

तराईका अधिकांश भागमा बुधबारदेखि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले तराइ भेगमा बाक्लो हुस्सु र चिसो हावा चलेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...