Friday 10th October 2025

तराई भू-भागमा शितलहर, जनजीवन कष्टकर


तितोपाटी – पुस महिनाको सुरुवातसँगै तराइका जिल्लाहरूमा शितलहर शुरु भएको छ भने शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन्। पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा हुस्सु, कुहिरो र शितलहर शुरु भएको हो। तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाक्लो हुस्सु र शितलहरले अत्यधिक चिसो बढेपछि तराईवासीको जनजीवन कष्टकर बन्दै गएको छ। अस्पतालहरुमा जाडोजन्य रोगका बिरामीको संख्या बढ्दै गएको छ। बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन्। सर्वसाधारणको आवतजावत पातलिएको छ। बजारहरु बिहान र बेलुका सुनसान हुन थालेका छन्। सर्वसाधरण चोक, बाटोमा आगो बालेर ताप्न थालेका छन् भने विद्यालयहरूमा पनि बालबालिकाहरूको उपस्थिति कमी हुँदै गइरहेको छ ।

तराईका अधिकांश भागमा बुधबारदेखि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले तराइ भेगमा बाक्लो हुस्सु र चिसो हावा चलेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...