Wednesday 14th January 2026

हिमाली जिल्लामा बाक्लो हिमपात, देशभर वर्षा, काठमाण्डाैं उपत्याकाका उच्च भेगमा समेत हिमपात


तितोपाटी – हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्।

मनाङ र मुस्ताङ मात्रै नभएर सबै हिमाली जिल्लाहरूमा हिमपात भएको कारण त्यहाँको जनजिवन प्रभावित भएको छ । ति जिल्लाहरूमा हवाइ सेवा तथा यातायात सेवाहरू अवरूद्ध भएका छन् । देशका विभिन्न जिल्ला डोल्पा, डडेल्धुरा, जुम्ला, मनाङ, मुस्ताङ,बाजुरा,बैतडी, रसुवा, दार्चुलालगायत क्षेत्रमा भारी हिमपातसँगै वर्षा भइरहेको छ।

काठमाडौं उपत्याकामा पनि हल्का वर्षा भइरहेको छ। उपत्याकामा वर्षासँगै चिसो बढेको छ। चिसोले यहाँको जनजीवन प्रभावित भएको छ। चन्द्रागिरिसहित उपत्यकाका अग्लो स्थानमा सामान्य हिमपातसमेत भएको छ । उपत्यकामा पानी र नजिकैका डाँडामा हिउँ परेसँगै जाडो बढेको छ ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...