Saturday 6th July 2024

सवारी दुर्घटनामा एकै दिनमा ६ जनाको मृत्युु


तितोपाटी – सवारी दुर्घटनामा एकै दिनमा ६ जनाको मृत्यु भएको छ । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापा लगायतका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना भएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका-४ बिश्वकर्मा चोकस्थित सडकमा ज.त २६६६ नम्बरको ट्याक्टरले बिआर ३० आर ४९४१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही चक्रघट्टा गाउँपालिका-९ बस्ने २७ वर्षीया संगिता देवीको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देहीको सियारी गाउँपालिका-७ भर्तापुरस्थित सडकमा लु.२ ख १७२८ नम्बरको टिपर सोमबार राति दुर्घटना हुँदा टिपर चालक रुपन्देही शुद्धोधन गाउँपालिका-३ बतेनी बस्ने ३० वर्षीय राज कुमार यादवको घट्नास्थलमै मृत्यु भएको छ ।

यस्तै धनुषा, नगराईन नगरपालिका-२ स्थित सडकमा ज.२ त ३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटो छेउमा रहेको पोखरीमा पल्टिएर सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय ललन सदालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकमा  पनि भे.७ प २१५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका-५ रझेना बस्ने २३ वर्षीय सुभाष कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-९ रजैयास्थित सडकमा ना.४ ख ७४३७ नम्बरको ट्रकले ना.५१ प २१८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुर हटौंडा उपमहानगरपालिका-१ बस्ने ३५ वर्षीय सुरेन्द्र आले मगरको चुरेहिल अस्पताल हुँदै मेडिकल कलेज चितवनमा थप उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मनहरी गाउँपालिका-५ दरदरा बस्ने २५ वर्षीय सुरेश स्याङतानको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको  कन्काई नगरपालिका-४ कोटीहोमस्थित सडकमा ना.५ ख ७६६० नम्बरको ट्रकमा मंगलबार बिहान को.३९ प ७५४ नम्बरको मोटरसाइकल ठोक्किएर मे.१ च ४२८१ नम्बरको कारमा समेत ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ अमरदह नगरपालिका-२ बस्ने २३ वर्षीय किशन साहको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै ना.५ ख ७६६० नम्बरको ट्रकमा मे.७ प ४६७१ नम्बरको मोटरसाइकल ठोक्किदा घाइते भएका मोटरसाइकल चालक झापा कमल गाउँपालिका-७ बस्ने २१ वर्षीय गौरब मिश्रको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।
रातोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित “प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल…

शीत लघु काव्यका परिकल्पनाकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक साहित्यकार पुष्कर अथक रेग्मी आधुनिक कला साहित्य संस्कृति सम्मानद्वारा सम्मानित…

बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी…

प्रतिकृयाहरू
...