Tuesday 7th April 2026

कोठामा भेट्न बोलाएर प्रेमीको लिंग छेदन


तितोपाटी-प्रेममा विछोड भएपछि मानिसहरू अनेक गर्छन् । प्रायः विदेशतिरै हुने यस्ता घटना नेपालमा पनि हुन थालेका छन् । ‘अन्तिम पल्ट भेट्न आऊ’ भन्दै एक प्रेमिकाले प्रेमीको लिंग छेदन गरिदिएकी छन् ।

काठमाडौंको कपनमा डेरा गरी बस्ने युवतीले आफूलाई धोका दिएको झोंकमा प्रेमीलाई अन्तिम पल्ट भेट्न भन्दै कोठामा बोलाएको र चक्कुले लिंग छेदन गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।१९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौंडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजीव सुनुवारको लिंग छेदन गरेकी हुन् । सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिहंका अनुसार उनीहरू दुवै जना हायात होटलमा काम गर्ने गरेका छन् ।

धर्म फरक भए पनि काम एकै ठाउँमा गर्ने भएकाले दुवै जना प्रेम सम्बन्धमा बाँधिएका थिए । सुनुवारको परिवारले फरक धर्मकी केटी घरमा नभित्र्याउने बताएपछि सुनुवारले बिहेका लागि अस्वीकार गरेका थिए ।धर्मकै कारण छुट्टिने प्रस्ताव राखेका सुनुवारलाई अन्तिम पल्ट भेट्ने इच्छा भएको भन्दै युवतीले आफ्नो कोठामा बोलाएकी थिइन् । आफूलाई धोका दिएको भन्दै सोमबार चक्कुले सुनुवारको लिंग छेदन गरेको प्रहरीले जनाएको छ। प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...