Tuesday 7th April 2026

प्रहरीद्वारा कुटिएका पत्रकारको विरोधमा खेल पत्रकारको प्रदर्शन


तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्।

रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भए पनि उनीहरु रिपोर्टिङको लागि सुरक्षित वातावरण नभएको भन्दै प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन्। उनीहरुलाई बंगलादेशी र श्रीलंकाका खेल पत्रकारहरुले पनि साथ दिएका छन्। मंगलबार बिहान नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले दशरथ रंगशालामा कुटपिट गरेको थियो।रंगशालामा प्रहरीले दर्शकमाथि कुटपिट गरेको भिडियो खिचेको भन्दै डिएसपी सन्तोष सिंह राठौरले पत्रकार चापागाईँ माथि कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।
-नागरिकन्युज


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...