Wednesday 14th January 2026

प्रहरीद्वारा कुटिएका पत्रकारको विरोधमा खेल पत्रकारको प्रदर्शन


तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्।

रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भए पनि उनीहरु रिपोर्टिङको लागि सुरक्षित वातावरण नभएको भन्दै प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन्। उनीहरुलाई बंगलादेशी र श्रीलंकाका खेल पत्रकारहरुले पनि साथ दिएका छन्। मंगलबार बिहान नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले दशरथ रंगशालामा कुटपिट गरेको थियो।रंगशालामा प्रहरीले दर्शकमाथि कुटपिट गरेको भिडियो खिचेको भन्दै डिएसपी सन्तोष सिंह राठौरले पत्रकार चापागाईँ माथि कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।
-नागरिकन्युज


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...