Saturday 4th April 2026

लोग्ने बनाएर अमेरिका लैजाने भन्दै ४१ लाख ठगी


तितोपाटी- झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् ।

राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगत्तै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । निवेदन आएकै दिन जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले उनीहरूलाई लोग्नेस्वास्नीको मान्यता दियो ।

तिनै सावित्रीले एक महिनापछि ०७४ मंसिर २६ गते जिल्ला अदालत भक्तपुरमा खगेन्द्र बलम्पाकीसँग लोग्नेस्वास्नीको नाता कायम गराई पाऊँ भन्दै अर्को निवेदन दिइन् । यो निवेदनमा भने उनले झापाबाट भक्तपुरस्थित मामाको घर आउनेजाने क्रममा फोन तथा फेसबुकबाट कुराकानी हुँदै खगेन्द्रसँग प्रेम सम्बन्ध स्थापित भएर बिहे भएको विवरण लेखेकी छन् ।

उनले ०७४ वैशाख २८ मा आफूहरूले बिहे गरेको पनि उल्लेख गरेकी थिइन् । यता पनि निवेदन दिएकै दिन जिल्ला न्यायाधीश महम्मद जुनैद अजादको इजलासले सावित्री र खगेन्द्रलाई लोग्नेस्वास्नीको मान्यता दियो । याे समाचार कान्तिपुर दैनिकमा छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...