Wednesday 28th January 2026

लोग्ने बनाएर अमेरिका लैजाने भन्दै ४१ लाख ठगी


तितोपाटी- झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् ।

राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगत्तै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । निवेदन आएकै दिन जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले उनीहरूलाई लोग्नेस्वास्नीको मान्यता दियो ।

तिनै सावित्रीले एक महिनापछि ०७४ मंसिर २६ गते जिल्ला अदालत भक्तपुरमा खगेन्द्र बलम्पाकीसँग लोग्नेस्वास्नीको नाता कायम गराई पाऊँ भन्दै अर्को निवेदन दिइन् । यो निवेदनमा भने उनले झापाबाट भक्तपुरस्थित मामाको घर आउनेजाने क्रममा फोन तथा फेसबुकबाट कुराकानी हुँदै खगेन्द्रसँग प्रेम सम्बन्ध स्थापित भएर बिहे भएको विवरण लेखेकी छन् ।

उनले ०७४ वैशाख २८ मा आफूहरूले बिहे गरेको पनि उल्लेख गरेकी थिइन् । यता पनि निवेदन दिएकै दिन जिल्ला न्यायाधीश महम्मद जुनैद अजादको इजलासले सावित्री र खगेन्द्रलाई लोग्नेस्वास्नीको मान्यता दियो । याे समाचार कान्तिपुर दैनिकमा छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...