Thursday 20th August 2026

जिफन्ट कुबेतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


तितोपाटी-नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट)कुवेतको  आयोजनामा नेपाली श्रमिकहरुका समस्या पहिचान र समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष बिदुर कार्की प्रमुख अथिति रहेको अन्तरक्रिया कार्यक्रममा नेपाली दुताबास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, दुर्तीय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, एनआरएनए उपाध्यक्ष् होमनाथ गिरी, पत्रकार महासंघ कुबेत शाखाका उपाध्यक्ष नवराज पन्थी, कुवेत ट्रेड युनियन फेडेरेसनका महासचिव अलअर्दा बिशेष अतिथि रहेका थिए । अन्तरक्रियामा कुवेतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी लगायत अतिथि रहेका थिए । जिफन्ट कुबेतका अध्यक्ष गणेश रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैको मन्तब्यबाट समेत अध्यक्षता गरिरहेका रावतले नै स्वागत गरेका थिए भने कार्यक्रम प्रसाद तिमिल्सिना र सुरज मास्केले संयुक्त रुपमा संचालन गरेका थिए ।


खेतान स्थित राजधानी होटेलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कुवेतमा कार्यरत श्रमिकहरुले नेपाल र कुवेतबिच दोहोरो श्रम सम्झौता गर्नु पर्छ भन्ने जोडतोडले आवाज उठाएका थिए । साथै उनिहरुले कार्यस्थलमा आफुले भोगेका दुख, पिडा र नेपालको श्रम कार्यालयदेखि विमानस्थलको अध्यागमनमा कर्मचारीहरुले अनावश्यक दिने दुख र झन्झटहरु बेहोर्नु परेको गुनासो सुनाउदै नेपाल सरकारको ध्यानाकर्षण गराउन जिफन्ट केन्द्रिय उपाध्यक्ष बिदुर कार्कीलाई अनुरोध गरेका थिए ।
कुवेतमा कार्यरत श्रमिकहरुको गुनासो सुनेपछि संगठन बिस्तारलाई आफु कुबेत आएको जानकारी गराउदै प्रमुख अतिथि एबम उपाध्यक्ष कार्कीले जिफन्टमा आवद्ध हुन आह्वान गर्दै नेपाली दुताबाससँग समन्वय गरेर समस्याको हल गर्न अनुरोध गरेका थिए । साथै उनले कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अवैधानिक भएर काम नगर्न र नराम्रो गतिविधिहरुमा संलग्न नहुन समेत सुझाव दिएका थिए  । कार्यक्रममा दूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले अवैधानिक बाटोबाट आउने नेपालीको संख्या ९ हजार भन्दा बढी रहेको जानकारी गराउदै गलत बाटो प्रयोग गरेर विदेश नआउन आग्रह गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...