Sunday 25th January 2026

भक्तपुरमा शान्तिपूर्ण रुपमा निर्वाचन


तितोपाटी- विहान ७ बजेदेखि शुरु भएको भक्तपुरमा हालसम्म ३० प्रतिशत मतदान भएको छ । भक्तपुर क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । मतदान स्थलमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नै पुगेका थिए । आकष्मिक रुपमा छड्के जाँचमा निष्किएका उनले सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए । खनालले भक्तपुरको कार्याविनायक मतदान केन्द्रमा छड्के अनुगमन गरेका थिए । भक्तपुरको निर्वाचत क्षेत्र नम्बर १ क मा प्रदेश सभाको निर्वाचन उपनिर्वाचन हुँदैछ ।

मतदान सकिएसँगै मत पेटिका संकलन गर्ने र सर्वदलीय सहमति अनुसार आज साँझबाटै मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।मत गणनाको लागि खरिपाटी तालिम केन्द्र भवनमा तारजाली लगाएर स्थल तयार पारिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...