Wednesday 11th March 2026

भक्तपुरमा शान्तिपूर्ण रुपमा निर्वाचन


तितोपाटी- विहान ७ बजेदेखि शुरु भएको भक्तपुरमा हालसम्म ३० प्रतिशत मतदान भएको छ । भक्तपुर क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । मतदान स्थलमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नै पुगेका थिए । आकष्मिक रुपमा छड्के जाँचमा निष्किएका उनले सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए । खनालले भक्तपुरको कार्याविनायक मतदान केन्द्रमा छड्के अनुगमन गरेका थिए । भक्तपुरको निर्वाचत क्षेत्र नम्बर १ क मा प्रदेश सभाको निर्वाचन उपनिर्वाचन हुँदैछ ।

मतदान सकिएसँगै मत पेटिका संकलन गर्ने र सर्वदलीय सहमति अनुसार आज साँझबाटै मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।मत गणनाको लागि खरिपाटी तालिम केन्द्र भवनमा तारजाली लगाएर स्थल तयार पारिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...