Wednesday 30th September 2026

सागमा नेपालको झण्डा बोक्न पुर्व कप्तान पारस खड्काको नाम सिफारिस


तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते हुने उद्‌घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ। सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो।काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ।

करिब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्चपास हुनेछ। सो मार्चपासमा नेपालको राष्ट्रिय झन्डा बोक्न पारसले गर्न सिफारिस गरिएको हो।

यसअघि भारतमा भएको १२औं सागमा पौडी खेलाडी श्रितिका सिंहले नेपालको झण्डा बोकेकी थिइन्। त्यसअघि सुटिङ खेलाडी स्नेहा राज्यलक्ष्मी शाहले बोक्ने भनिएपनि श्रितिकाले मौका पाएकी थिइन्। सुटिङको खेल सिलोङमा र उद्घाटन गुवाहाटीमा हुँदा स्नेहाको स्थानमा श्रितिकाको नाम अन्तिम समयमा दिइएको थियो।

मार्चपासपछि नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ।उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहनेछ।प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाका करिब पाँच हजार सङ्ख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम सुरू भइसकेको छ।सागलाई सफल तुल्याउन करिब २० हजार सुरक्षाकर्मी खट्नेछन् भने ५०० स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...