Monday 10th November 2025

हिमानी ट्रष्टद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण


तितोपाटी- शनिवार विहान राजधानीको बानेश्वर शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई हिमानी ट्रष्टका टर्फबाट पूर्व युवराज्ञी हिमानी शाहले विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् ।
गरीबीका कारण बालबालिका पढ्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले ट्रष्टले शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।कार्यक्रममा हिमानी ट्रष्टी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहका साथमा ट्रष्टका पदाधिकारी र हिमानीका छोरा हृदयन्द्र शाहपनि उपस्थित थिए ।ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो ।कार्यक्रममा बलिउड नायिका मनिषा कोइराला पनि उपस्थित थिईन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि संचालन गरिएको थियो । हिमानीले समेत रक्तदान गरेकी थिइन् ।पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्ट मार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...