Wednesday 30th September 2026

१३ औं दक्षिण एसियाली खेलकुदको ओलम्पिक टर्च र्‍याली शुरु


१३ औं दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च र्‍याली शुक्रबार सुरू भएकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् । र्‍यालीमा सहभागि ओलम्पियनको समूहले स्वयम्भू तीन चोटी परिक्रमा गरी आजै प्रदेश नम्बर १ को राजधानी विराटनगर प्रस्थान गरेको छ ।
र्‍याली काठमाण्डाै विराटनगर, जनकपुर, हेटौडा, चितवन, लम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुदै मंसिर १५ गते पुनः काठमाण्डाै आइपुग्नेछ । टर्च र्‍यालीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय तथा अनतर्राष्ट्रिय खेलाडी संघलाइ दिएको छ । टर्च  र्‍यालीमा करातेका दिपक श्रेष्ठ सहित  वैकुन्ठ मानन्धर, दिपक विस्ट, कान्छिमाया कोजु, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, जितबहादुर केसी, ज्ञानबहादुर बोहरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, मुकुन्दही श्रेष्ठ लगायत १३ खेलाडीको सहभागि रहेको छ ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...