Friday 16th January 2026

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई,फ्रष्ट रनरअप रुपा केसी


तितोपाटी-क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले चुम्न सफल भएका छन् । प्रतियोगितामा युवतीतर्फ रुपा केसी फष्र्ट रनरअप, नविना अधिकारी सेकेन्ड रनरअप र पुरुषतर्फ मनोज तामाङ फष्र्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् ।

भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिबार भएको ग्राण्ड फिनालेमा विजेताहरुले तीस हजार नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले एक महिना अघि प्रतियोगिता सुरु गरेको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् ।
प्रतियोगिताको निर्णायकहरु सञ्चारकर्मी/कलाकार/निर्देशक सूर्य चन्द, मोडल/नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहेका थिए ।

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को प्रमुख अतिथिमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी तथा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल, समाजसेवी तथा युवा ब्यबसायी राजु बन्जाडे रहेका थिए ।उक्त प्रतियोगितालाइ कोरियोग्राफी अस्मिता नेपालीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन मोडल निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए । कार्यक्रममा हास्यकलाकार तथा जादुगर नमराज पराजुलीको प्रस्तुति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...