Wednesday 28th January 2026

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्रका १३ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा


तितोपाटी- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रको केहि कर्मचारीहरुले मानव तस्करहरुसँगको मिलेमतोमा २ सय ४८ जनालाई घरलु कामदारको रूपमा विदेश प्रस्थान अनुमति दिई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । त्यसरी दायर भएको मुद्धामा ११ जना अध्यागमन अधिकृतसहित १३ जना रहेका छन् ।

आरोपित विमानस्थलका कर्मचारीहरुले विदेश पठाउने धन्दा चलाउनेहरुसंगको मिलिमतोमा अबैध प्रतिव्यक्ति १० हजार रुपैया लिएर विदेश प्रस्थान अनुमति दिएको ख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगले मुद्दा दायर गरेको अध्यागमन अधिकृतहरूमा कमलप्रसाद पराजुली, मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं रहेका छन् । त्यस्तै कम्प्युटर अपरटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपाने पनि मुद्धामा मुछिएका छन् ।

अख्तियारले गरेको अनुसन्धान अनुसार अध्यागमन अधिकृतहरूको ‘कल रेकर्ड’ एवं खुल्न आएका तथ्यमाथि अनुसन्धान हुँदा अध्यागमन कार्यालयका कर्मचारीहरूबीच म्यासेज आदानप्रदान गरी २ सय ४८ जनालाई अनधिकृत रूपमा प्रस्थान अनुमति दिदा अनियमितता गरी मिलेमतो भए/गरको पाइएकोसमेत अख्तियारले जनाएको बिहिबारको कान्तिपुर दैनिकमा समाचार छ । कर्मचारीहरुले २ सय ४८ जनाको प्रतिव्यक्ति १० हजारका दरले हुन आउने कुल रकम बाडीचुडी खाएको आयोगले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...