Saturday 25th October 2025

सुन पसलमा चोरी गर्ने भारतीय नागरिक पक्राउ


तितोपाटी- अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको एक सुन पशलबाट चार लाख बढिको सुन चोरी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुस्ताफुर पश्चिम बंगाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ बर्षिय श्रीमन्त्र मण्डल रहेका छन् । सन्धिखर्क नगरपालिका वडा नं–१ फिल्म हललाईनमा रहेको महालक्ष्मी गहना पसलमा गए राती सुन चोरि गरेको अभियोगमा पक्राउ परेका मण्डललाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

बिगत १२ बर्ष देखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढको रूपमा काम गर्दै आएका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मुल्य ४ लाख ६४ हजार ८ सय १४ रुपैया बराबरका सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए । गएराती सुन पशलबाट सुनका गहना चोरी गरेका उनलाइ सिसि टिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेका हो । उनले भारतवाट आउदा दाजु सँग लिएको ऋण तिर्न चोरी गरेको स्वीकार गरेको प्रहरीको जनाएको छ ।

पक्राउ परेका मण्डललाई मलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २ सय ४३ मकबजनी चोरी अन्र्तगत कानूनी प्रक्रिया अगाढि बढाउने प्रनाउ बिष्टले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

प्रतिकृयाहरू
...