Thursday 19th February 2026

सुन पसलमा चोरी गर्ने भारतीय नागरिक पक्राउ


तितोपाटी- अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको एक सुन पशलबाट चार लाख बढिको सुन चोरी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुस्ताफुर पश्चिम बंगाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ बर्षिय श्रीमन्त्र मण्डल रहेका छन् । सन्धिखर्क नगरपालिका वडा नं–१ फिल्म हललाईनमा रहेको महालक्ष्मी गहना पसलमा गए राती सुन चोरि गरेको अभियोगमा पक्राउ परेका मण्डललाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

बिगत १२ बर्ष देखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढको रूपमा काम गर्दै आएका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मुल्य ४ लाख ६४ हजार ८ सय १४ रुपैया बराबरका सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए । गएराती सुन पशलबाट सुनका गहना चोरी गरेका उनलाइ सिसि टिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेका हो । उनले भारतवाट आउदा दाजु सँग लिएको ऋण तिर्न चोरी गरेको स्वीकार गरेको प्रहरीको जनाएको छ ।

पक्राउ परेका मण्डललाई मलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २ सय ४३ मकबजनी चोरी अन्र्तगत कानूनी प्रक्रिया अगाढि बढाउने प्रनाउ बिष्टले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...