Saturday 4th April 2026

प्रचण्ड र देउवालाई कमल थापाको कडा प्रहार


तितोपाटी-राप्रपा अध्यक्ष कमल थापाले निलम्बित सांसद मोहम्मद अफताब आलमको बचाउमा नलाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

सभापति शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रममा बोल्दै आलमको गिरफ्तारीलाई कांग्रेसविरुद्धको षड्यन्त्र भनेपछि आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आतंककारी गतिविधिलाई राजनीतिक रंग दिने काम नगर्न आग्रह गरेका हुन्। यही प्रसङ्गमा नेता थापाले तत्कालिन माओवादीलाई पनि लक्षित गरेर आफ्नो धारणा व्यक्त गरेका छन्।

थापाले निर्दोष शिक्षकलाई रुखमा बाँधेर हत्या गर्ने, चन्दा नदिएको कारण जनप्रतिनिधिलाई गोली हानी मार्ने र जिउँदो मान्छेलाई ईट्टा भट्टामा हालेर मार्ने कार्य अमानवीय, जघन्य र आतंककारी गतिविधि हुन्।’ भनेका छन्। माओवादीले २०५८ माघ ३ गते लम्जुङ्का मुक्तिनाथ अधिकारीलाई विद्यालयबाटै लगेर रुखमा झुन्ड्याई हत्या गरेको थियो। ‘निर्दोष शिक्षकलाई रुखमा बाँधेर हत्या गर्ने, चन्दा नदिएको कारण जनप्रतिनिधिलाई गोली हानी मार्ने र जिउँदो मान्छेलाई ईट्टा भट्टामा हालेर मार्ने कार्य अमानवीय, जघन्य र आतंककारी गतिविधि हुन्।यस्ता अपराधलाई राजनीतिक रंग दिने काम नगरौं। जतिसुकै वर्ष लागोस्,अपराधीले कदापी उन्मुक्ति पाउने छैन’, थापाले भनेका छन् । थापाले भनेका छन्। देउवाले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए थिए ।
प्रहरी हिरासतमा रहेका आलममाथि १५ जनाको हत्या अभियोग लागेको छ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...