आज भोली गर्दा गर्दै बितेका छन् दिन संझिराछु अतितलाई आज किन किन? हिजोको त्यो बालापन फर्कि आएदेखी सिमसिमे पानी फेरी दर्की आएदेखी साथी संगी गुच्चा खेल्दै उफ्रिदै र नाच्दै कपर्दी र रूमाल चोर खेल्दै अनि हाँस्दै आनन्द र खुशी लाग्थ्यो चाडपर्ब आउदा मिठा मिठा खानेकुरा , नयाँ लुगा लाउदा कता गए बालापन कता गए खुशी? अतितलाई सम्झिएर रून्छु आँसु पुछी जिम्मेवारी थपिएर हराएछ हाँसो जति बुढो हुदै गयो उति गलापासो हिजै जस्तो लाग्छ अझै बिती गए दिन सम्झिराछु बालापन आज किन किन?
रचनाकार- छबिराम सुनार ( निर्दोष)
डेढगाउँले भान्जा बौदीकाली 2 नवलपुर
हाल कुवेत