Monday 30th March 2026

जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा ८ औं वार्षिकोत्सबको तयारी पूरा


तितोपाटी – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन।

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनानुसार जनसम्पर्क समिति कुवेतले पनि आफ्नो तेश्रो अधिवेशन तथा आठौं वार्षिकोत्सब गर्न लागेको बताइएको छ।

नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री तथा पुर्बगृहमन्त्री पुर्ण बहादुर खडकाको प्रमुख आतिथ्यमा कुवेतको फर्वा्नियास्थित सेफ नौसाद होटेलमा सो कार्यक्रमको आयोजना गरिएको छ।

पुर्वस्वास्थमन्त्री समेत रहनु भएका कांग्रेस केन्द्रिय सदस्य गगन कुमार थापा समेत कुवेत आउने कुरा थियोे र त्यहीअनुसार हामीले कुवेतबासीलाई जानकारी गराएका थियौं तर पार्टीले देशैभरी चलाएको जागरण अभियानको कारणले केन्द्रबाट एक जना मात्रै प्रतिनिधि पठाउने जानकारी प्राप्त गरेका छौ समितिका सभापति कल्याण कुमार श्रेष्ठले हिमाली संचारसंगको कुराकानीमा भन्नुभयो।

साथै जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई सहर्ष स्वीकार्दै बिशेष अतिथीको रुपमा साउदी अरबबाट राजु सायद आउनेछन भने कतारबाट नरेन्द्र भाट र युएईबाट मनोज गोर्खाली आउने समितिले जानकारी दिएको छ।

कुवेतमा कार्यरत सम्पुर्ण नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लगायत कुवेतमा कृयाशिल सम्पुर्ण संघसंस्थाका प्रमुखरप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार, खेलाडी र कलाकारहरुलाई अधिवेशनमा उपस्थितिका लागि समितिले अनुरोध गरेको छ।

तपशिल

समय : ठिक ११ बजे
मिति : २७ सेप्टेम्बर २०१९
स्थान : सेफ नौसाद होटेल फर्वा्निया, कुवेत
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...