Saturday 10th May 2025

नवलपरासी दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो


तितोपाटी-नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

सोमबार राति १०ः१५ बजेको समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्ँिकदा कारमा सवार पाँच जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इन्डियन प्रिमियर लिग(अाइपीएल) एक हप्ताका लागि स्थगित भएको छ । भारत-पाकिस्तान युद्दका कारण अाइपीएल रोकिएको हो । हो । भारतीय…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी जुन २७, २०२५ (शुक्रबार) का दिन १६औँ स्थापना दिवस अवसरमा “श्रमिक सचेतना कार्यक्रम”…

भारतले पाकिस्तानले भारतीय शहरहरूतर्फ प्रहार गरेको १५ वटा क्षेप्यास्त्रहरूलाई निष्क्रिय पार्न S-४०० प्रतिरक्षा प्रणालीको सफलतापूर्वक प्रयोग गर्‍यो। त्यसपछि, इजरायली HARPY…

प्रतिकृयाहरू
...