Monday 30th March 2026

प्रचण्डको प्रश्नः ‘के हामी साँच्चै कम्युनिस्ट नै छौं त अहिले?


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरु विचलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

sf7df8f}F, ^ c;f]h -/f;;_ . ;xfgf k|wfg k|lti7fgÃ¥f/f ;f]daf/ g]skfsf] sfof{no w’Daf/fxLdf cfof]lht ;xfgf k|wfgsf] kfFrf} :d[lt ;ef dGtJo /fVg’x’Fb} g]skf g]tf emngfy vgfn . t:jL/ M /Tg >]i7 .

पाँचौँ सहाना स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुसाल र नेतृ रामकुमारी झाक्रीसहित नेता कार्यकर्तामाँझ दाहालले आफूहरु कम्युनिस्ट सिद्धान्तबाट विचलित हुँदै कांग्रेसी चलन र निरंकुशततातिर गइरहेको हो कि भन्दै प्रश्न गरे।

पुष्पलाल र सहाना प्रधानलगायत पुराना पुस्ताका धेरै नेताले त्याग, तपस्या, निष्ठा, मिहिनेतको जीवन व्यतित गरेको तथा व्यक्तिगत पद प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग नगरेको बताउँदै दाहालले अहिले अवस्था फेरिएकोमा चिन्ता व्यक्त गरे।

‘नाम त अहिले कम्युनिष्ट नै छ, के साँच्चै कम्युनिष्ट नै छौँ त अहिले?’ उनले प्रश्न गरे, ‘भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेका छौं, के हामीले समाजवादको यात्राका निम्ति योद्धा जस्तै छौं त हामी? या हामी बिस्तारै कांग्रेस जस्ता र हिजोका निरंकुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेको छौं?’

हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको उल्लेख गर्दै उनले थपे, ‘भन्ने ठूलो कुरा होइन, ठूलो कुरा गर्ने भन्ने हो, हामीले के गर्ने भन्ने कुराको अर्थ र महत्व छ, हामीले के भन्छाँै भन्ने त्यति अर्थ छैन।’

वरिष्ठ नेता खनालले सहाना प्रधानलाई सम्झिँदै पार्टीमा महिलाको सन्तुलन कायम गर्नुपर्ने धारणा राखे। स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पम्फा भुसालले पार्टीमा अझै पनि महिलाप्रति न्याय हुन नसकेको भन्दै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पुर्याउनुपर्नेमा जोड दिए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...