Tuesday 13th January 2026

नगरपालिकाको खर्च– चिया पिउँदा ३० लाख सकियो


तितोपाटी- केन्द्रिकृत राज्य प्रणालीलाई विकेन्द्रीकरण गरिएपछि स्थानीयको घरदैलोमै राज्यको सेवा प्रदान गर्नुपर्ने दायित्व बोकेका स्थानीय तहका जनप्रतिनिधि सेवा प्रवाहभन्दा जथाभावी खर्चमा बढी केन्द्रित भएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जथाभावी गर्ने खर्चका कारण स्थानीय जनता पनि निराश हुँदै गएका छन् । ‘गाउँ गाउँमा सिंहदबार’ भनेर चित्रित गर्न खोजिएका स्थानीय तहमा बढ्दो जथाभावी खर्चको उदाहरण बैतडीको मैलौली नगरपालिकामा पनि देखिएको छ ।

मेलौली नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको पारिश्रमिक, भत्ता र खाजा तथा खानामा मात्रै २ करोड खर्च गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाको कूल पूँजीगत बजेट ११ करोड रहेकोमा झण्डै २ करोड रुपैयाँ जनप्रतिनिधि तथा कर्मचारीको तलबभत्ता तथा खाना र खाजामा खर्च भएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले १ वर्षमा ३० लाख रुपैयाँको चिया मात्रै पिएका छन् ।

नगरपालिकाले चिया–नास्ता शीर्षकमा ३० लाख रुपैयाँ खर्च भएको देखाएको छ ।

नगरपालिकाको कूल ११ करोडमध्ये गत वर्ष १० करोड बढी बजेट खर्च भएको थियो । तर, पूँजीगत खर्च भएका धेरै आयोजनामा अस्वभाविक मूल्याङ्कन र अनियमितता भएको स्थानीयको आरोप छ । नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माणमा २ करोड खर्च गरेको जनाइएको छ । तर, उक्त भवनको निर्माण कार्य अझै सकिएको छैन । यस्तै, सडक र पुल निर्माणमा २ करोड ७० लाख खर्च भएको जनाइएको छ ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...