Monday 18th August 2025

सोह्र श्राद्ध आजदेखि सुरु


तितोपाटी- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रहृमकपाल तीर्थमा गरिने ब्रहृमकपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित छन् ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

प्रतिकृयाहरू
...