Saturday 10th May 2025

भारतमा बेचिएका बालक चौधरीको उद्धार


तितोपाटी- भारतको हिमाञ्चलमा बेचिएका दाङ तुलसीपुर उपमहानगरपालिका बिजौरी घर भएका १४ वर्षीय विशाल चौधरीको उद्धार गरिएको छ।

हिमाञ्चलस्थित शिमलाको पुजालीबाट सञ्चारकर्मी दीपेन्द्र बस्नेत र सामाजिक अभियन्ता अमर बिष्टको सक्रियतामा चौधरीको सकुशल उद्धार गरिएको हो।

भारतको लखनऊका गौरव श्रीवास्तवको सहयोगमा विशालको उद्धार गरी नेपाल ल्याउन लागेको सञ्चारकर्मी बस्नेतले राससलाई बताए। मानव ओसारपसार गर्ने गिरोहको जालमा परेर २०७५ चैतमा विशाल हिमाञ्चल पुगेका थिए। उनले भने, ‘मानव ओसारपसार गर्नेहरुविरुद्ध कारवाहीका लागि सम्बन्धित निकायसँग पहलका लागि आग्रह गरिनेछ।’


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...