Tuesday 13th January 2026

विप्लवका छोरा प्रकाशसहित १५ विद्यार्थी पक्राउ


तितोपाटी प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी पक्राउ परेका छन्।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनिहरु सबै मेडिकल कलेजका विद्यार्थी हुन्। केही समय अघिदेखि विद्यार्थीहरु मेडिकल कलेजविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने लगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...