Saturday 15th November 2025

जाजरकोटमा पहिरोमा परि एकै घरका ३ जनाको मृत्यु


तितोपाटी – जाजरकोट जिल्लाको भेरी नगरपलिका-२ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण माथिबाट पहिरो अाइ घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरो खसेर स्थानीय बलबहादुर ओलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला ओली र ३ वर्षीया छोरी धनसराको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।
राती सुतिरहेको अबस्थामा मध्यरातमा पहिरोले घर भत्किएको उनले बताए। सोही स्थानमा अर्को घर भत्किँदा स्थानीय दलबहादुर ओली सामन्य घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिएर मृत्यु भएकालाई स्थानीय र प्रहरीले बाहिर निकाल्ने काम गरिरहेको र अन्य अबस्था र उद्धारको कार्यका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गैसकेको प्रहरी प्रमुख खत्रीले बताए । घटनास्थल सदरमुकाम खलंगादेखि ३ घन्टाको पैदल दुरीमा रहेको छ। पहिरोको अन्य क्षतिबारे थप जानकारी आइसकेको छैन ।
-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

प्रतिकृयाहरू
...