Sunday 7th June 2026

आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स आगामी सेप्टेम्बर १० मा लञ्च हुने


एजेन्सी – एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’

उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । साथै एप्पल वाच फोरसमेत नयाँ संस्करण आउने अनुमान गरिएको छ । समाचारअनुसार एप्पलले ल्याउने नयाँ आइफोनहरु आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरको नयाँ संस्करणको रुपमा हुनेछन् । जसअनुसार नयाँ आइफोनको नाम आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र आइफोन ११ हुनेछ ।

एप्पलका यी नयाँ आइफोनमध्ये दुईवटामा पछाडिको भागका मुख्य क्यामराहरु तीनवटा हुनेछन् । तर आइफोन एक्स आरको नयाँ संस्करण आइफोनमा चाहिँ डुअल रियर क्यामरा सेटअप नै हुनेछ । नयाँ आइफोनमा ए-१३ प्रोसेसर हुने बताइएको छ । साथै नयाँ आइफोनमा समेत ओएलइडी डिस्प्ले रहने बताइएको छ ।

एप्पल वाचतर्फ टाइटानियम र सेरामिक गरी दुई प्रकारका केससहितका एप्पल वाच आउने अपेक्षा गरिएको छ । यद्यपि नयाँ एप्पल वाचको नाम एप्पल वाच फाइभ हुने वा फोर सिरिजकै नयाँ संस्करण हुने भन्ने प्रष्ट भएको छैन ।


सम्बन्धित शीर्षकहरु

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

BYD आयात विवाद अहिले केवल एउटा कम्पनी वा केही गाडीको विषय मात्र नभई नेपालको राजस्व प्रशासन, भन्सार प्रणालीको पारदर्शिता र…

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

प्रतिकृयाहरू
...