Thursday 15th January 2026

यातायात मन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक लक


भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ।महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो।

पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए।

उनका अनुसार चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ।‘पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कारबाही गरेको हो,’ उनले भने।प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन्।

पन्तले उक्त सवारी मन्त्रीले नै चढ्ने गरेको खुलेको बताए।‘गृह मन्त्रालयमा दर्ता रहेको उक्त गाडी मन्त्रीले चढ्ने गरेको बुझियो,’ उनले भने, ‘कसको भनी नाम नतोकौं, चालकको लापरबाही हो। लापरबाहीमा कारबाही भइसकेको छ।’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...