Thursday 14th August 2025

सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २८ जना घाइते


सुर्खेत सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ। बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

बेलायत, फ्रान्स र जर्मनी इरान विरुद्ध ठूलो कदम चाल्ने तयारीमा छन्, तर यसका लागि उनीहरूले इरानलाई समयसीमा पनि दिएका छन्।…

प्रतिकृयाहरू
...