Thursday 29th January 2026

हजारौँको भिडमा रवि लामिछाने


तितोपाटी- टेलिभिजन प्रस्तोता रवि लामिछानेले चितवनको धन्यवाद सभामा आफ्नो सम्बोधन सुरु गरेका छन्। नारायणी नदी किनारमा आयोजित सभामा हजारौँ समर्थककाबीच लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका हुन्।

ठूलो संख्यामा भेला भएका समर्थकको भिडलाइ व्यवस्थित पार्न आयोजकलाई हम्मे हम्मे परेको छ। लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि धन्यवाद सभाको आयोजना गरेका हुन्।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले रवि लामिछानेसहित तीनजनालाई पक्राउ गरेको थियो ।

आत्महत्या दुरुत्सानको मुद्दा चलाइएका रवि लामिछानेलाई सोमबार जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भए पनि रविसहित तीनैजनाले थप कानुनी प्रक्रियाको सामना गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...