Sunday 29th March 2026

बाबुरामलाई नेकपा सांसदको व्यंग्यः विहेपछि प्रेमीभन्दा पतिसँग बसेको राम्रो


तितोपाटी- विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए।

नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेपछि बाबुराम प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियतमा थिए। यहीँ बीचमा उपेन्द्र यादव नेतृत्वको फोरम र नयाँ शक्तिबीच पार्टी एकता भएर समाजवादी पार्टी बन्यो। तर, निर्वाचन आयोगबाट औपचारिक पत्र नआएको भन्दै बाबुराम स्वतन्त्र सांसदको सीटमै बस्दै आएका थिए। आज औचापरिक रुपमा पत्र आएपछि बाबुराम सत्तारुढ सांसदको लहरमा बसेका हुन्। उनको एकीकृत पार्टीबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव र इस्तियाक राई मन्त्री छन्।

बाबुराम अप्ठ्यारो मानेर सत्तारुढ सांसदको लहरमा सर्दा नेकपाका सांसद विरोध खतिवडाले व्यंग्यसहित धन्यवाद व्यक्त गरे। उनले विहे भएपछि प्रेमीसँग भन्दा पतिसँग बसेको राम्रो भन्दै व्यंग्य गरे।

खतिवडाले यसअघि पार्टी एक भइसकेपछि बाबुराम स्वतन्त्र एवं प्रतिपक्षी सीटमा बसेको भन्दै असन्तुष्टि जनाएका थिए। उनले भट्टराई बस्ने सिट सही हो भनी प्रश्न समेत उठाएका थिए। अहिले आफूले उठाएको प्रश्न सम्बोधन भएपछि सांसद खतिवडाले सभामुखलाई धन्यवाद दिए। खतिवडाले भने, ‘यो संसद नियमावलीको कुरा मात्र होइन नेपाली संस्कार पनि छ। विवाह भएपछि प्रेमीसँग भन्दा पतिसँग बसेको राम्रो, माइती बसेको भन्दा घरमा बसेकै राम्रो हुन्छ। सुरु सुरुमा लाज लाग्छ पछि हट्दै जान्छ।’


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...