Saturday 16th August 2025

रवि पत्नी निकिताले दिइन् चितवन प्रहरी प्रमुख मल्लसहित तीन जनाविरूद्ध जाहेरी


तितोपाटी- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्।उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको परिसरले जनायो। ‘जाहेरीमा उल्लेख भएका विषय हेरिरहेका छौं, के कसो गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने।पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले एक हप्ता लामो ‘भारत उत्सव’ शुरू गरेको छ । भारतको स्वतन्त्रता दिवसलाइ लक्षित गरि लुलु हाइपरमार्केटले १३…

अपरेशन सिन्दूरमा मिडिया ब्रीफिंगमा महत्वपूर्ण भूमिका खेल्ने विंग कमाण्डर व्योमिका सिंहसँगै कर्नल सोफिया कुरेशी कौन बनेगा करोडपति (केबीसी) को स्वतन्त्रता…

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

प्रतिकृयाहरू
...