Tuesday 11th November 2025

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौथो अधिवेशन कार्यक्रमको तयारी पुरा


तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार कुवेतले नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन आउँदो शुक्रबार गर्ने भएको छ । फर्वानिया स्थित आइडियल अडिटेरियम हलमा हुने कार्यक्रममा लालीगुराँस सांस्कृतिक परिवारले कृष्णजन्माष्टमी तथा रोपाई जात्राको कार्यक्रम राखेको अध्यक्ष माधब पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपालीको पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिहरुसहित मारुनी नृत्य, रोपाई जात्रा लगायत पन्चेबाजाको कार्यक्रम हुने छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।

उक्त दिनको कार्यक्रममा कुवेतमा कृयाशिल संघ संस्था, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पत्राचार गरिसकिएको भएपनि कारणवस पत्र वा निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थिति भैदिन आयोजकले अनुरोध गरेको छ ।

थप जानकारी
मिति:- २३ अगष्ट, शुक्रबार
स्थान:- आइडियाल अडिटेरियम हल फर्वानिया

समय:- दिउँसो १२.३० बजे


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...