Wednesday 28th January 2026

नुवाकोटमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु


तितोपाटी- नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो । विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।

श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...