Wednesday 28th January 2026

जुम्लामा नेकपा र कांग्रेसले फुटाए विद्यालय


तितोपाटी- विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा सत्तारुढ नेकपा र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन्।

हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका हुन्।यो खबर आजको नयाँ पत्रिका दैनिकमा जुम्लाबाट मानदत्त रावलले लेखेका छन्। शिक्षा कार्यालयले रुपाकोट विद्यालयको नयाँ भवनका लागि बजेट दिने भएपछि उपभोक्ता समिति गठन भएको थियो। उपभोक्ता समितिको नेतृत्वमा तत्कालिन एमाले निकट थिए। समितिले नयाँ भवनका लागि नयाँ ठाउँमा जग्गा पनि व्यवस्थापन गर्यो।

तर, शिक्षा कार्यालयले भवन निर्माणको १९ लाख बजेट विद्यालय व्यवस्थापन समितिले परिचालन गर्नेगरी विद्यालयको खातामा हालिदियो।व्यवस्थापन समितिको नेतृत्वमा कांगेसनिकट व्यक्ति थिए। बजेट उपभोक्ता समितिलाई नआएपछि नेकपा पक्षले आपत्ति जनायो। त्यहिबाट विवाद सुरु भयो, र विद्यालय फुटाइयो। हाल नेकपा पक्षधर भवनमा ९१ र कांग्रेस पक्षधर भवनमा ९५ विद्यार्ली अध्ययनरत छन्। गाउँको विद्यालयमा राजनीति लडाइँ चलेपछि ६० विद्यार्थी विद्यालयबाट बाहिरिएर अर्को विद्यालय गएका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...