Thursday 2nd April 2026

ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते


तितोपाटी- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो घाइते भएका हुन्।

भुमिकास्थान नगरपालिका–६, खमारीबासका २७ बर्षिय चिरन घर्तीले गएराती भुमिकास्थान नगरपालिका–८, लम्चीमा रहेको आफ्नै ससुरालीमा आइ खुकुरी प्रहार गरेका थिए।खुकुरी प्रहारवाट १८ वर्षीय श्रीमती गीता घर्ती, ४३ वर्षीय सासुआमा भुमाकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए। खुकुरी प्रहार गरेर तीनै जनालाई घाइते बनाएपछि उनी फरार रहेका छन्।

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्विनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो। श्रीमती गिता र सालो अर्जुनको बुटबलमा पनि उपचार हुन नसकेपछि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। २–३ वर्षयता श्रीमान–श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताएका छन्। दुई वर्षअघि श्रीमान–श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाइएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनै जनालाई खुकुरी प्रहार गरी फरार भएको र खोजी भैरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...