Thursday 12th March 2026

श्रीमती, सासू र सालोमाथि खुकुरी प्रहार


सन्धिखर्क -अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्।

भुमिकास्थान नगरपालिक- ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका- ८ लम्चीमा   ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार छन्। घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो।

बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

२, ३ वर्ष पहिलेदेखि श्रीमान- श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका छन्। फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...