Thursday 2nd April 2026

छोरी जन्मेको थाहा पाएपछि श्रीमतीलाई अस्पतालमै छाडेर हिँडे श्रीमान


डिबी बुढा – जुम्ला पातारासी गाँउपालिका तल्फी गाउँकी ३५ वर्षीया पुतली महताराले गत बुधबार छोरी जन्माइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल महताराले छोरी जन्माएको थाहा पाएपछि श्रीमान बीरबहादुर तीन दिनमै अस्पतालमै सुत्केरी पत्नी छोडेर घर हिँडे।  छोरा जन्मिने आशामा अस्पतालमा कुरेर बसेका श्रीमान छोरी जन्मेपछि आफूलाई अस्पतालमै अलपत्र छोडेर हिँडेको पुतलीले बताइन्।

छोरी जन्मिने बित्तिकै स्याहारमा वेवास्ता गर्दै आएका श्रीमानले पनि अस्पतालमै छोडेर गएपछि पुतलीको बेहाल भयो।
केही दिन त अस्पतालको बेडमै रहिन्। तर अस्पतालबाट डिस्चार्ज भएपछि भने उनी अलपत्र परिन्। नवजात शिशू बोकेर घर जान पनि समस्या।बस्ने ठाउँ पनि छैन। काखमा जनजात बच्चा बोकेर घर जान पनि खोजिन् तर केही दिनदेखि खान समेत नपाएकी सुन्तलीका हातखुट्टा कापे र हिँड्नै सकिनन्।

घर जान नसकेपछि जुम्ला सदरमुकामका धेरै घरमा बास मागिन्।  कसैले घरमा बस्न दिएनन्।  कसैले भर्खरको सुत्केरीलाई घर बस्न नदिने बताएको त कतिपयले बस्ने ठाउँ नभएको प्रतिक्रिया दिएको उनले सुनाइन्।

छोरा जन्मिने आशामा कुरेर बसेका श्रीमान बीरबहादुर छोरी जन्मेको तीन दिनमै श्रीमतीलाई अस्पतालमै अलपत्र छोडेर भागे।

क्ेह िनलागेपछि उनी कर्णाली पुस्तकालयको तल्लो तलामा बसिन्।  पुस्तकालयको माथिल्लो तलामा सामुदायिक रेडियो नारी आह्वानको कार्यालय छ। तल्लो तलाको गल्लीमा गनगन आवाज सुनिएपछि रेडियोका कर्मचारीले सोधीखोजी गरे। दयनिय अवस्थामा १० दिनकी सुत्केरी फेला परिन्।  उनले रुदै भनिन्,  छोरी जन्मदा पति भागेकोले म अलपत्र छु।  यो गल्लीमै सुत्ने तयारी थालेको छु। ’  उनको पीडा सुनेपछि रेडियाकर्मी गीता शाही, प्रबन्धक  दिलमाया शाहीले पुतलीलाई रेडियोको प्राविधिक कोठामा लिएर राखे।  पुतलीले सुनाइन्,‘दिनभर खाजा र खान पाएको छैन्।  शरीर कमजोर बन्दै गइरहेको छ। ’ रेडियो कर्मीले तत्काल खाजा ल्याएर खुवाए।  त्यहाँ सम्म घरपरिवारले कुनै वास्ता गरेनन्।  ‘उनी सुनाउँछिन् यस्तो अवस्था कसैलाई पनि नआओस।’

जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पुतलीको अवस्थाका बारेमा  खबर पाउने बित्तिकै तत्कालीन आश्रयका लागि मध्यरातमा पुनः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पु-याइएको बताउँछिन्।  आपतकालीन रुपमा सुत्केरीलाई प्रतिष्ठानको इमरजेन्सी विभागको कोठामा राखियो।  साउन ७ गते अस्पताल भर्ना भएकी पुतलीले १३ गते छोरी जन्माएकी थिइन्। खुट्टामा चोट लागेका कारण उनले थप केही दिन अस्पताल बस्नुपर्यो।

स्थानीय प्रशासनले श्रीमान बीरबहादुरलाई बोलाएर सुत्केरी स्याहार गर्न पहल गरेको छ। साउन २३ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी ,पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा,प्रहरी प्रमुख सीताराम रिजाल   सुत्केरीको फुपु दिदी र परिवारका सदस्यसंग छलफल गरेको थियो।

 छलफल पश्चात पातारासी गाउँपालिका अध्यक्ष बोहोराको पहलमा एम्बुलेन्सको व्यवस्था गरी   सुत्केरीलाई सुरक्षित घर पुर्याइएको छ।  जीवन र मरणको दोसाँधमा रहेका दुर्गम क्षेत्रका महिला अहिले पनि छोरी जन्माएकै कारण यस्तो अवस्था झेल्नु निकै दुःखद भएको महिला अधिकारकर्मी बताउँछन्।  समानता र महिला अधिकारका चर्का कुरा गरे पनि जिल्लामा छोरा र छोरीबीचको विभेद अझैं पनि कायम छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

प्रतिकृयाहरू
...