Monday 6th May 2024

२५औं विश्व आदिवासी दिवस कुबेतमा भब्य रुपमा मनाईयो


तितोपाटी-कुवेतमा कार्यरत जनजातीहरुले २५औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाएका छन  । “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ २५ औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा ९ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासँघ, कुवेत शाखाको पहलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको हो ।
“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् । भने कुबेतमा पनि ९ अगष्त शुक्रबारका दिन विविध जातीय पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरु को साथमा कुवेतको फर्वानिय स्थित युनिक अडिटोरियम हलमा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आथित्यतामा शुभकामना आदान प्रदान सहित २५औं विश्व आदिवासी दिवस मनाईएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको अध्यक्ष अमृत तमाङको अध्यक्षतामा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी, विशेष अतिथि एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, एनआरएनए आइसीसी सदस्य अमित राई,समाजसेवी महासंघ कुबेत सल्लाहकार राजेन्द्र तामाङ, सातैवाट जनजाती संस्था लगायत कुवेतमा क्रियाशिल संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत आदिवासी जनजातीको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई महासंघका सचिव दिल कुमार पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा सभापति, प्रमुख अतिथी र विशेष अतिथिहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसैगरी कार्यक्रम लाई नेपाली राष्ट्रिय गीत र आदिवासी जनजाति गीत द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो । कार्यक्रमको समंयोजक बल बहादुर काम्बाङले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए।
२५औं विश्व आदिवासी दिवसको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीले शुभकामना दिदै रोजगारीको सिलसिलामा प्रवासमा छरिएर रहेका सम्पूर्ण लाई आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको आज कुबेतमा मात्र नभएर विश्वभरी नै यो २५औं विश्व आदिवासी दिवस मनाईएको हुँदा फेरी पनि सम्पूर्णमा शुभकामना दिनु भएको थियो शुभकामना दिनेक्रममा अन्तराष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङतान,बताउन हुन्छ आदिवासी जनजातिको आन्दोलन न्याय, समानता, अधिकार र अस्तित्वको लडाइ भएकाले मानवअधिकारको पनि आन्दोलन भएकाले अघि बढ्नुपर्ने बताउनुभयो। लड्नेले नै जित्नेछन् र आफ्नो इतिहास आफै लेख्ने गरेको उहाँले बताउनुभयो।
महासंघका सल्लाकार मनु भुजेल मगर, शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको हामी एउटै समाजमा बसेर सँगै हुर्केको कुनै पनि ब्राम्हण, क्षेत्रीय तथा अन्य जात या धर्मको बिरोधी नभई मात्र जातीवादको बिरोधी भएको बताउनु भयो। सल्लाकार खोप गुरुङ,तमू प्ये ल्हु सँघ कुबेतसखा को अध्यक्ष उमा तमुस्यो, नेपाल पत्रकार महासँघ कुवेतका सद्स्य पत्रकार नैना कला राइ,एनआरएनए आइसीसी अमित राई, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, लगयतले २५औं विश्व आदिवासी दिवसको शुभकामना मन्तव्य दिएका थिए।
कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति संस्था तामाङ घेदुङ कुवेत , मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत, सुनुवार सेवा समाज कुवेत,तमू समाज कुबेत,लगायतले आफ्नो भेषभुषा र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्दै विभिन्न झाँकी नृत्य प्रस्तुत गरेका थिए।भने कार्यक्रमलाई भब्य सफाल पर्नको लागि महासंघ कुवेतको सल्लाकार समाज सेवी राजेन्द्र तमाङ, प्रवासि इलामेली सेवा समाज कुवेतले आर्थिक सहयोग गरेका थियो भने कार्यक्रमा पिउने पानी समाजसेवी ललिता थापा मगर,र ब्यानर सौजन्य समाजसेवी:सुरज मस्केले गर्नु भएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष अमृत तमाङले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, NRNA कुवेत, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सबैलाई विशेष धन्यवाद दिएका थिए ।

 


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...