Thursday 2nd April 2026

संघीयता, रोपेको एउटा अर्कै उम्रेलाजस्तो भयो-प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको योगदानलाई अवमूल्यन गरे दुर्भाग्य हुने बताएका छन्।

वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालले शनिबार गरेको कार्यक्रममा उनले भने, ‘जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याए। हामी असफल भयौं भने राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ।’

उनले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको भन्दै संघीयता जनतालाई बोझ थप गर्न नभएको बताए। ‘जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्न संघीयता ल्याएको हो’ उनले भने।

उनले जनतालाई घरदैलोमा नै सेवा दिने बताए। ‘हामीले रोपेको एउटा अर्कै उर्मेला जस्तो भएको छ,’ उनले भने। उनले अब समृद्धि र विकासको दशक भएको बताए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...