Tuesday 12th August 2025

प्रहरीले दुई गोली हानेर लुटेरा लोप्साङ्गलाई पक्रियो


प्रहरीले काठमाडौंको स्वयम्भूमा दुई गोली हानेर एक लुटेरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा दुई गोली हानेर लोप्साङ भनिने विजय लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका हुन् ।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाट गर्ने कार्यमा सक्रिय रहेको एसएसपी थापाले बताएका छन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...