Thursday 12th March 2026

प्रहरीले दुई गोली हानेर लुटेरा लोप्साङ्गलाई पक्रियो


प्रहरीले काठमाडौंको स्वयम्भूमा दुई गोली हानेर एक लुटेरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा दुई गोली हानेर लोप्साङ भनिने विजय लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका हुन् ।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाट गर्ने कार्यमा सक्रिय रहेको एसएसपी थापाले बताएका छन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...