Wednesday 1st April 2026

नवलपरासी समाज जापानले “तीज धमाका” गर्दै


बिश्वास आचार्य, टोकियो- हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने भएको  छ ।

नवलपरासी समाजले आउदो अगस्ट २६ तारिख जापानको टोकियो स्थित  नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने निर्णय गरेको छ उक्त तिज कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर र सुनिता दुलाल सगै जापानमा रहेर गित संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का, सुशील ज्ञवाली,चेतन घर्ती , समुन्द्र राज पौडेल ,गायिका सोना के.सी,निशा क्षेत्रीको जोडदार प्रस्तुति रहने आयोजक जनाएको छ ।

कार्यक्रमलाई भव्य, सब्य र व्यवस्थित बनाउनका लागी बिभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।कार्यक्रमको तयारी जोडदार रुपमा चलिरहेको नवलपरासी समाज जापानका सचिव ऋषिराम पौडेलले जानकारी दिएका छन । जस्तो सुकै अफ्ठेरो परिस्थिती आए पनि कार्यक्रम भव्य र सब्य हुनेमा ढुक्क रहेको नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कंडेल र संयोजक गिता कंडेलले बताउदै टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रममा उपस्थीत भई कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गरिदिनु हुन् अनुरोध समेत गरेका छन ।

स्मरण रहोस् नवलपरासी समाज जापाले जापान सगैं नेपालको बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...