Wednesday 1st April 2026

सञ्चारकर्मी शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला


तितोपाटी-माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीले २० साउनको चितवनस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा उनलाई फेला पारेकोे हो ।

सोमबार दिउसो होटलको २०२ नम्बर कोठा भाडामा लिएका उनले बेलुकासम्म कोठा बाहिर नआउदा खानाको बारेमा होटलका कर्मचारी सोध्न जाँदा ढोका नखोलेपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा उनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएको थिए । यसअघि उनी न्यूज-२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...