Wednesday 1st April 2026

तमू समाजको पहलमा कुवेती नागरिकलाई रगत उपलब्ध गराईयो


तितोपाटी -कुबेती नागरिक बिरामी पर्दा समेत ब्लड पाउन नसकेपछि तमु समाज कुबेतको पहलमा उपलब्ध गराईएको छ बिरामीलाई आवश्यक ब्लड उपलब्ध गराउन सके जिबन जोगाउन सकिने  डाक्टरबाट जानकारी पाएपछि  कुबेती नागरिक केदार नाथ खरेल र गौतम आमागाईको सम्पर्कमा आएका थिए  त्यस लगत्तै निज कुवेती नागरिक संग राम्रो चिनजान भएका केदारनाथ खरेल,र गौतम आमागाईले  तमू  समाजका पूर्व अध्यक्ष खोप गुरुङ लाई सम्पर्क गरेका थिए  ।
समाजका पुर्व अध्यक्ष् खोप गुरुङले तत्कालै सेन्ट्रल ब्लड बैंक,जाब्रियामा  सम्पर्क गरि तत्कालका लागि बिमारी (बिमारी कुवेती नागरिक khalid fahalid al gharib)लाई (९ युनिटAB-) ब्लड रगतको प्रबन्ध मिलाएका थिए  ।ब्लड बैंकको नियम अनुशार एकजना बिरामिलाइ 2 युनिट भन्दा बढी ब्लड उपलब्ध नसकिने भएता पनि समाजका पुर्व अध्यक्ष् गुरुङ को पहलमा ९ युनिट ब्लड (रगत )उपलब्ध भए लगत्तै  उनको (Adan Hospital)मा सफल सल्यक्रिया भएको बुझिएको छ ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो, तपाईं हामीले स्वेछिक रुपमा दान गरेको रगतले आज एक कुवेती नागरिकले पुनर्जीवन पाएका छन । यो भन्दा पहिले पनि समाजको पहलमा (७) जना भन्दा बढी लाई ब्लड उपलब्ध गराएको समेत पुर्व अध्यक्ष गुरुङले  जानकारी दिएका छन । सम्पूर्ण रक्तदाताहरु सँग उनको रगतको नाता गासिएको छ भलै चिनजान नै किन नहोस् । अन्तम सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु तमू समाज कुबेतपरिवार र ब्लड उपलब्ध गराउन हुने समाजका पुर्व अध्यक्ष् एबम सल्ल्हाकार खोप गुरुङ,केदारनाथ खरेल र गौतम आमागाईलाई कुवेती नागरिकले बिशेष धन्यवाद दिदै आभार व्यक्त गरेका छन ।उता हरेक बर्ष रक्तदान कार्यक्रम चलाउदै आएको तमु समाज कुबेतले समेत सम्पूर्ण स्वंयसेवी रक्तदाताहरुलाई  धन्यवाद दिएका छन  ।

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...