Friday 14th November 2025

तनहुँमा डेङ्गुका बिरामी भेट्टिए


तितोपाटी- तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीका एक किशोरमा डेंगुको संक्रमण देखिएको छ । ज्वरो बिरामी स्थानीय १५ वर्षीय किशोरको परीक्षण गर्दा डेंगु भेटिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य सहायक नवराज गौतमले जानकारी दिए ।

उनी शुक्रबार परीक्षणका लागि अस्पताल आएपछि पोखरा पठाइएको थियो । पोखरामा स्वास्थ्य परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण भेटिएको गौतमले बताए । दमौली अस्पतालमा भर्ना भएका ती किशोर पाँच दिनसम्म स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि पोखरा पुगेका थिए । उनको हाल पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

हाल अरुमा शंक्रमणको आशंका नगरिए पनि लामखुट्टेको टोकाईबाट फैलने संक्रमण नियन्त्रणका लागि लामखुट्टे मार्ने विषादी छर्ने र सचेतनाका उपाय अपनाउने गौतमले जानकारी दिए।

साभार अन्नपुर्ण


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...